Section 60
चालक अनुमतिपत्र निलम्बन गर्न सकिने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम चालकले पालन गर्नु पर्ने शर्तहरू पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकारप्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र छ महीनासम्मको लागि निलम्बन गर्न सक्नेछ ।